– भोबिन्द्र शाह
बाजुरा, ८ बैशाख । बाजुरामा एक महिला घरमै मृत भेटिएकी छिन् ।
आटिचौर गाविस वडा नं ७ मैतोला स्थायी घर भएकी अन्दाजी १८ बर्षीया कमला गुयाल घरमा कोही नभएको अवस्थामा मृत रुपमा फेला परेको प्रहरीले जनाएको छ ।
पाँच महिने छोराकी आमा रहेकी कमलाको मृत्युको कारण खुल्न सकेको छैन् । उनको शवको जिल्ला स्वास्थ्य कार्यालयमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
उनले भने- ‘मृतक भेटिएकी महिलाको साथबाट विषादीको एउटा सिसी भेटिएको छ । पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं । त्यो नआउँदासम्म बिष सेवनबाटै मृत्यु भएको भन्न सकिदैन । रिपोर्ट आएपछि कारण थाहा हुन्छ ।’
मृतक महिलाका पाँच महिनाको छोरा समेत रहेको पति सुरेन्द्र गुयालले बताए । मृतक महिलाको बारेमा कुनै लिखित उजुरी नआएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया