
काठमाडौं, ८ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी नाम गरेका सबै कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई पेरिसडाँडामा बोलाएका छन् ।
अदालतले जनयुद्धकालीन मुद्दा ब्यूताउन थालेपछि प्रचण्डले मोहन वैद्य, मणि थापा, नेत्रविक्रम चन्द, मातृका यादवलगायतका शीर्ष नेताहरुलाई बोलाएर छलफल शुरु गरेका छन् । जनयुद्धकालीन मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने यसअघि भएको राजनीतिक सहमति विपरित अदालतले पुनः त्यस्ता विषयलाई हेर्न थालेपछि माओवादी नेताहरु रणनीति बनाउन पेरिसडाँडामा भेला भएका हुन् ।
माओवादीका शीर्ष नेताहरुबीच जनयुद्धकालीन मुद्दाका विषयमा एउटै धारणा बनाउने कसरतमा छन् ।
उनीहरुबीच पार्टी एकता वा सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।












प्रतिक्रिया