२५ कार्तिक २०८३, बुधबार

मन्त्रीहरुलाई प्रचण्डको कडा चेतावनी, बजेटमा समावेश गर्ने कार्यक्रम बुझाउन निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda (1)काठमाडौं, ८ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने कार्यक्रम दुई दिनभित्र पार्टीमा बुझाउन आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार वित्त तथा अर्थ विभागको बैठक बोलाई अध्यक्ष दाहालले समाजवाद उन्मुख नीतिअनुरुप जनताले राहतको महसुस गर्ने कार्यक्रम बजेटमा समावेश गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । उहाँले जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम समावेश गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभयो । संविधानले समाजवादको नीति अख्तियार गरेकाले त्यही अनुसारका कार्यक्रम तर्जुमा गर्न मन्त्रीहरुलाई सुझाव दिइएको हो ।

त्यसैगरी अध्यक्ष दाहालले सरकारको ६ महिनाको कामकारबाहीबाट जनता सन्तुष्ट हुन नसकेको भन्दै परिणाममुखी काम गर्नसमेत मन्त्रीलाई निर्देशन दिनुभयो । अब कुनै पनि बहाना देखाएर मन्त्रीहरु उम्कन नपाउने उहाँको चेतावनी थियो ।