काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा राजदूतहरुको नियुक्तिका विषयमा विवाद चर्किएको छ ।
परराष्ट्र मन्त्रालयमार्फत राजदूत सिफारिस आफूले गर्नुपर्ने भएपनि नेकपा एमाले र एमाओवादीले पेलेर धेरै देशमा आफ्ना मान्छे पठाउन खोजेपछि उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बैठक छाडेर बालुवाटारबाट निस्किएका छन् ।
थापा बैठकमा एक घण्टा मात्र बसेर निस्किएको बालुवाटार स्रोतले जनायो ।
सरकारमा रहेका मुख्य तीन दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालबीच राजदूत भागबण्डाको विषयमा विवाद भएको हो ।
विवादकाबीच बैठकले २१ देशमा राजदूत पठाउने निर्णय गरेको छ ।













प्रतिक्रिया