२५ कार्तिक २०८३, बुधबार

दुई राप्रपाबीच यसरी बढ्दैछ दूरी, वार्ता डिनरमै सीमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rppकाठमाडौं, ७ वैशाख । राप्रपा र राप्रपा नेपालबीचको एकता ‘ठूला पद’मा गएर अड्किएको छ । दुई राप्रपा एकीकरण भएपछि को अध्यक्ष बन्ने भन्ने विषयमा विवाद भएको स्रोतको भनाइ छ ।

विवाद मिलाएर दुई पार्टीबीच एकता गर्नका लागि तयारी स्वरुप सोमबार राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाको निवास महाराजगञ्जमा गोप्य वार्ता पनि भएको थियो । वार्तामा अध्यक्ष को ? बन्ने विषयमा छलफल भए पनि कुरा नमिलेको हो ।

स्रोतले भन्यो, ‘दुबै पार्टी मिलेपछि अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कुरा मिलेन, फेरि छलफल गर्ने सहमति भएको छ । लोकेन्द्रबहादुर चन्द र कमल थापामध्ये एकलाई अध्यक्ष बनाएर जाने हो कि भनेर कुराकानी भएको छ ।’ वार्तामा महाधिवेशनसम्म आलोपालो प्रमणलीमार्फत अध्यक्ष चलाउने हो कि भनेर पनि परामर्श भएको छ । तर कुरा भने मिलेको छैन ।

राप्रपाभित्र पनि पार्टीको अध्यक्षलाई लिएर आलोपालो प्रणालीमार्फत अगाडि जाने सहमति यसअघि भइसकेको छ । तर, राप्रपा नेपालमा अध्यक्ष कमल थापाको निरंकुशताका कारण पार्टी एकीकरणमा समस्या परेको आरोप छ ।

पार्टी एकीकरणको वार्ता प्रक्रिया कहाँ पुग्यो भन्ने जिज्ञासामा राप्रपाका सहप्रवक्ता एवम् वार्ता टोलीका सदस्य किरण गिरीले भने, ‘दुई राप्रपाबीच पार्टी एकीकरण गर्नुपर्छ, कार्यकर्ताको दबाब छ, वार्ता भइरहेका छन्, सम्भवत छिट्टै एकता हुन्छ, शीर्ष तहमा पनि कुराकानी भइरहेका छन्, धेरै सकारात्मक रुपमा कुरा अगाडि बढेको छ ।’

वैशाख ५ गते दुबै राप्रपाबीच एकीकरण गर्ने पूर्व सहमति भएको थियो । सोही अनुसार वार्ता पनि भएका थिए । तर, अन्तिममा आएर वार्ता प्रक्रियाले गति पाउन सकेको छैन ।