२८ आश्विन २०८३, बुधबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु ,एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukum Districtरुकुम । रुकुममा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सदरमुकाम खलङ्गा–१ बागबजारमा करेन्ट लाग्दा प्लम्बर काम गर्ने सिम्ली –७ का ४२ वर्षीय कृष्णबहादुर विकको र हावाहुरीले रुख ढल्दा स्यालाखदी – ५ का १५ वर्षीय हरि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

बागबजारको एउटा घरमा खानेपानीको पाइप जडान गरिरहेका क्रममा विद्युत् सर्ट भई विकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो बाटोमै मृत्यु भएको हो ।

वाँफिकोट–५ लेखावाङको एउटा घरमा बास बसेका बुढाको रुख ढल्दा विहीवार घटनास्थलमै मृत्यु भएको हो भने स्यालाखदी–५ कै ३५ वर्षीया सीता थापा घाइते भएकी छन् । घाइते थापाको खुट्टा भाँच्चिएको प्रहरी नायब उपरीक्षक विनयकुमार झाले जानकारी दिए ।

उनीहरु कामविशेषले स्यालाखदीबाट वाँफिकोट आएका थिए । विकट ठाउँ र टेलिफोनको पहुँच नभएका कारण घटनाबारे ढिलो जानकारी आएको प्रहरीले जनाएको छ ।