२८ आश्विन २०८३, बुधबार

कतारमा ईदको अवसर पारेर पिजनको भलिवल प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ffffffff

दोहा । पिजन ईन्जिनियरिङ प्रोजेक्ट ट्रेडिङ एण्ड जनरल सर्भिस कम्पनीले ईस्लाम धर्मावलम्विहरुको चाड ईद उल फित्रको अवसर पारेर आफ्ना कामदारहरुबीच भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।
कम्पनीमा कार्यरत नेपाली, भारतीय, पाकिस्तानी र श्रीलङकाका कामदारहरुको ६ टीम बनाई खेल खेलाइएको थियो । ईदको छुट्टीको अवसरमा उक्त कम्पनीमा कार्यरत ६ सय बढी कामदारहरुले उक्त खेलबाट मनोरन्जन लिएका थिए ।
अलखोर र सनैयाका कामदारहरु बीचको भलिबल प्रतियोगितामा छम बहादुर सारु मगरको टीम बिजेता बनेको छ । विजेता बनेको पहिलो टीमलाई नगद पुरस्कार कतारी रियाल १४ सय, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै दोश्रो डोलराज थापाको टीमले कतारी रियाल १ हजार ५० र तेश्रो माधव मगरको टीमले कतारी रियाल ७ सय नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । पुरस्कार वितरणको कार्यक्रमलाई गोविन्द खड्काले संचालन गर्नुभएको थियो ।
पुरस्कार वितरण गर्दै कम्पनीका प्रबन्ध निर्दैशक आर.के. शर्माले कामदार र व्यवस्थापन पक्षबीचको घनिष्ठता बढाउन भलिबल प्रतियोगिताले सहयोग गर्ने साथै खेलकुदले कामदारको स्वास्थ्यका लागि उत्तिकै महत्व राख्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य तथा अन्य कुनै समस्या परेमा सिधै व्यवस्थापन पक्षलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । उक्त कम्पनीले विभिन्न देशका १५ सय कामदारलाई रोजगारी दिएको छ ।
विजेता टीमका क्याप्टेन छमबहादुर सारु मगरले गाउँघरका साथीहरुसँगै भलिवल खेलको स्मरण गर्दै खुसी प्रकट गर्नुभयो । त्यस्तै दोश्रो बिजेता टीमका क्याप्टेन डोलराज थापाले बिदाको अवसर पारेर आयोजना गरिएको यो खेलले कामदारको जिवनमा शारीरिक र मानसिक रुपमा अर्थपुर्ण भुमिका खेल्न प्रोत्साहन मिलेको बताउनुभयो ।
कार्यक्रमका संयोजक युवराज शर्माले प्रतियोगिता सोचे भन्दा धेरै हदसम्म सफल भएको बताउदै पिजनले आगामी दिनमा फुटबल र क्रिकेटको आयोजना गर्ने आशा प्रकट गर्नुभयो ।
ै ठिकै छ । अरु नयाँ खवर के