२९ आश्विन २०८३, बिहिबार

काठमाडौँमा गुप्तचर र ‘ब्ल्याक क्याट’ छ्याप्छ्याप्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-arrives

काठमाडौँ, १६ साउन । काठमाडौँमा अहिले भारतीय गुप्तचरहरु छ्याप्छ्याप्ती परिचालित भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउनु दुई दिन अघिदेखि नै भारतीय गुप्तचरहरु काठमाडौँमा छ्याप्छ्याप्ती परिचालित भएका हुन् ।

स्रोतका अनुसार त्रिभुवन विमानस्थल, होटल ह्यात र सोल्टी होटल क्षेत्रमा ती गुप्तचरहरुले आफ्नो निगरानी बढाउने छन् ।

त्यसैगरी उनीहरुले राष्ट्रपति भवन शितल निवास, सिंहदरबार, संविधानसभा भवन, पशुपति क्षेत्रलगायत राजधानीका महत्वपूर्ण क्षेत्रहरुमा पनि निगरानी बढाउने छन् । ।

उनीहरुले चनाचटपटे बेच्नेदेखि तरकारी बेच्ने अनि आँप बेच्ने र खाली सिसी पुरानो कागज भन्दै हिंडनेसम्ममा पनि आफ्नो निगरानी बढाउने छन्

त्यसैगरी मोदीको सुरक्षाका लागि भारतबाट बुलेटप्रुफ गाडीसहित फ्रिक्वेन्सी जामर गाडी लिएर मोदीको सुरक्षामा खटिने २३ जना कमाण्डो पनि काठमाडौं ओर्लिसकेका छन् ।

उनीहरुलाई भारतमा ‘ब्ल्याक क्याट’ अर्थात काला बिराला भनिन्छ । ती अत्यन्तै उच्च प्रबिधि र तालिमप्राप्त कमाण्डो हुन् । मोदीको पहिलो सुरक्षा घेरामा तिनै ‘ब्ल्याक क्याट’ हुनेछन् ।