काठमाडौं, २७ चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
श्रीमती आरजु राणाको उपचारका क्रममा देउवा ७ वैशाखमा नयाँदिल्ली जान लागेका हुन् । आरको खुट्टाको अप्रेसन गुडगाउँमा हुँदैछ ।
कांग्रेस सभापतिमा निर्वाचित भएपछि श्रीमतीको उपचारको बहानामा पहिलोपटक भारत जान लागेका देउवाले दिल्लीमा राजनीतिक भेटवार्ता गर्नेछन् ।
भारतको सत्तारुढ भाजपा लगायत विपक्षी दलका शीर्ष नेताहरुसँग भेट गरी सरकार परिवर्तन र मधेस आन्दोलनबारे छलफल हुने नयाँ पत्रिकामा समाचार छ ।
















प्रतिक्रिया