दार्चुला । दार्चुलाको ग्वानीस्थित बगौरामा स्थायी प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग गरेका छन् ।
बगौरा क्षेत्रको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गरी प्रहरी चौकी स्थापना गर्न माग गर्दै स्थानीयवासीले गाविसको सर्वदलीय निर्णयसहित शनिबार जिल्ला सुरक्षा समितिमा निवेदन दिएका छन् ।
हाल मालिकार्जुन प्रहरी चौकीले ग्वानी गाविसलाई हेर्ने गरेको छ । मालिकार्जुनबाट प्रहरीलाई ग्वानी पुग्न त्यति टाढा नभए पनि सो क्षेत्रमा सामाजिक विकृतिहरु बढ्दै गएकाले बगौरा बजारमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको हो ।
गत मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनका बेला पनि ग्वानी पुगेका जिल्लास्थित सुरक्षा निकायका प्रमुख र दलका नेताहरुसँग पनि स्थानीयवासीले प्रहरी चौकी स्थापना गर्न माग गरेका थिए ।











प्रतिक्रिया