२८ आश्विन २०८३, बुधबार

कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Relatives-of-the-missing-gathered-on-the-beach-awaiting-word-of-their-loved-onesकराँची, १५ साउन । पाकिस्तानको ठूलो सहर कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी बिहीबार दिएका छन् ।

सो घटनामा अन्य चार जना बेपत्ता भएको जनाइएको छ ।

पौडीका लागि प्रतिबन्ध लगाइएको सामुद्रिक क्षेत्रमा ती व्यक्ति पौडी खेल्न गएकाले सो घटना भएको बताइएको छ ।

समुद्रको पानी बाट १९ व्यक्तिको शव निकालिएको र अन्य चार जनाको खोजी कार्य भइरहेको सहरका प्रमुख प्रशासक सोआइब अहमद सिद्दिकीले एएफपी समाचार समितिलाई बताए ।

इदको बिदा मनाउने क्रममा हजारौँ व्यक्तिले समुद्रमा पौडी खोलिरहेको अवस्थामा सो घटना भएको समाचारमा उल्लेख छ । एएफपी