२८ आश्विन २०८३, बुधबार

जापानमा तातो हावाले पन्ध्र जनाको ज्यान लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JapanDivisons

टोकियो, १३ साउन । जापानमा तातो हावाका कारण कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । हालैका दिनमा त्यहाँ अस्वाभाविक रुपमा तातो हावा बहन थालेको बताइएको थियो ।

गतहप्ताबाट बढेको तापक्रमका कारण जनजीवनमा नराम्रारी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । दैवी प्रकोपसम्बन्धी निकायहरुले मङ्गलाबरदेखि थप सतर्कता अपनाएको बताइएको छ ।
अस्पतालहरुले पनि राजधानी टोकियोलगायतका स्थानका नागरिक अस्पताल आउने क्रम बढेको बताएका छन् ।

अस्पताल स्रोतले गतहप्तादेखि जारी रहेको सो हावाका कारण आठ हजार भन्दा बढी नागरिक तातोका कारण देखा परिरहेको स्वास्थ्य समस्याबाट बिरामी भई अस्पताल भर्ना भएका बताएका छन् ।

देशका केही भूभागमा शनिबारको तातोका कारण मात्र छ जनाको ज्यान गएको बताइएको छ । देशका कतिपय स्थानमा त्यहाँको तापक्रम ३५ डिग्रीभन्दा बढी भएकोले सो समस्या भएको बताइएको छ ।

शनिबारसम्ममा कम्तीमा पनि आठ हजार ६०० जनालाई तातोपनाका कारण उत्पन्न स्वास्थ्य समस्याबाट उत्पन्न जटिलताका कारण अस्पताल भर्ना गरिएको छ ।

यो तातोपनाका कारण सबैभन्दा बढी बृद्धबृद्धाहरुलाई असर गरेको पाइएको छ । जसका कारण अस्पताल भर्ना भएका मध्ये उनीहरु नै आधाभन्दा बढी रहेका बताइएको छ ।

जापानको मौसम विज्ञान विभागका अधिकारीहरुले मङ्गलबार यो तापक्रममा अझै धेरै वृद्धि हुनसक्ने बताएका छन् ।

उनीहरुले सरकारी निकाय तथा दैवी प्रकोपसम्बन्धी निकायलाई पनि मङ्गलबारका लागि थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जापानमा केही वर्षहरुयतादेखि तातो हावाका कारण नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । जापानमा केही वर्षहरुयतादेखि तापक्रममा एक्कासी वृद्धि भइरहेको छ ।

गतवर्ष जापानको इतिहासमा नै सबैभन्दा बढी तापक्रम भएको वर्ष हो । गतवर्ष जापानका केही भूभागमा ४१ डिग्रीसम्म तापक्रम पुगेको थियो ।

यसवर्ष पनि सो खतरा जीवितै रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार जापानमा अहिले पनि गतवर्षको जति तापक्रम पुग्नसक्ने अनुमान गरिएको छ ।

गतवर्षपनि दशौँ हजार व्यक्तिलाई तातोका कारण अस्पताल भर्ना गरिएको थियो । साथै यसका कारण विभिन्न खालका सङ्क्रमणहरु भएको थियो । रासस÷एएफपी