काठमाडौँ, साउन १३ । स्पेनको एक अदालतले कर छलेको आरोपमा बासिर्लोनाका स्टार लिओनल मेसी माथिको छानविन अघि बढाएको छ । मेस्सीमाथि लागेको आरोप खारेज गर्न सरकारी वकिलले सिफारिस गरेको थियो ।
तर, न्यायाधीशले छानविन रोक्न अस्वीकार गरेका छन् । अन्तराष्टिय सञ्चारमाध्ययमले जनाए अनुसार परिवारको आर्थिक स्रोतका लागि मेस्सीका बाबु जर्ज मेस्सी जिम्मेवार रहेको भन्दै सरकारी
वकिलले मेस्सी दोषी नभएको बताएको थियो । तर, बासिर्लोनाको अदालतले भने मेस्सी जानकार रहेको हुन सक्ने बताएको छ ।
मेस्सी र उनका बाबुले सन् २००६ देखि ००९ सम्ममा मेस्सीको तस्वीर प्रयोगबाट आएको रकमको ३ मिलियन पाउण्ड कर छलेको आरोप अस्वीकार गर्दै आएका छन् । मेस्सीले बार्षिक कमाई ३१ मिलियन पाउण्ड भन्दा बढी छ ।













प्रतिक्रिया