अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र बिवाद अन्ततः चलचित्र पत्रकार संघमा आएर सुल्झिएको छ ।
अभिनत्री कार्कीले फेसबुकमा लेखेको एक स्टाटसका बिषयमा आफूले आवेगमा आएर लेखेको भन्दै फिर्ता लिएको जनाएकी छिन् ।
अभिनेत्री कार्कीसँगको विवाद टुङगिएको चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
केही समय अगाडि अभिनेत्री कार्की अभिनित चलचित्र चलचित्र ‘नाई नभन्नु ल २’ को सक्सेस पार्टीमा पहिरन सम्हाल्न नजान्दा उनको भित्री बस्त्र देखिएको तस्बिर कैद भएको थियो र मिडियामा सार्वजनिक भएको थियो ।
तर, उनले सार्वजनिक भएको फोटो पत्रकारहरुले फोटोसप मार्फत आफ्नो तस्बिर बिगारेको भन्दै अपशब्द सहितको स्टाटस लेखेकी थिइन् । त्यही समयमा चलचित्र पत्रकार संघका सस्य जीवन पराजुलीले अभिनेत्री प्रियंकाको स्टाटसले पत्रकारिता र पत्रकारहरुको नै धज्जी उडाएको भन्दै चलचित्र पत्रकार संघमा उजुरी दिएका थिए ।















प्रतिक्रिया