काठमाडौं, १३ साउन । चर्चित गायक राजेशपायल राईले तेरिया मगरसँगै जोडिएरआएका टिकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै राजेशपायलले तेरियालाई सम्मान गरिएकोप्रति आफूले विरोध गरेको झुटो रहेको दाबी गरेका हुन् । मलेसियामा आइतबार भएको साँस्कृतिक कार्यक्रममा तेरियालाई भन्दा वरिष्ठ भएकाले आफूलाई पहिला सम्मान गर्नुपर्ने भन्दै राजेशपायलले भाँडभैलो गरेको समाचार सार्वजनिक गरेका छन् ।
तर, राजेशपायलले भने सो समाचारको खण्डन गर्दै केही व्यक्ति विशेषले आफूबिरुद्ध नकारात्मक प्रचार गरेर फाइदा लिने कार्यमा लागेको उनको अराोप छ ।
उनले समाचारमा आए जस्तो कुनै पनि घटना नभएको दाबी पनि गरेका छन् । ‘खुकुरी रेष्टुरेन्टमा भएको मनगढन्ते, बहुत झुर र बक्वास अनि अरुको चरित्र हत्या गर्ने कार्यप्रति घोर आपत्ति छ । ‘सम्मान कार्यक्रममा मलाई सम्मान नगरेको कारण देखाएर जुन किसिमको चरित्र हत्या गर्ने कोशिस गरियो त्यो सरासर गलत हो ।’ राजेशपायलले फेसबुकमा लेखेका छन् ।
जनजाति महासंघले आइतबार राति राजधानी क्वलालाम्पुरमाको खुकुरी रेष्टुरेण्टमा तेरियालाई सम्मान कार्यक्रम राखेको थियो । तर, राजेशपायलले आफू वरिष्ठ भन्दै आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी रुपन्देही रुद्रपुरका टीका श्रीसले बताएका छन् ।
राजेशले सम्मान खोज्दै होहल्ला गरेर कलाकारको जस्तो ब्यवहार नगरेको सम्मान कार्यक्रमको आयोजक आदिवासी जनजाति महासंघका अध्यक्ष सुन्दर आलेमगरले पनि आरोप लगाएका छन् ।
उनका अनुसार त्यहाँ तेरियालार्इ मात्र सम्मान गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आलेले बताए ।
त्यसपछि तामिल सवारी चालकहरुले तयारी अवस्थामा राखिएको खाना फालिदिएको र केही व्यक्तिको पासपोर्ट समेत नियन्त्रणमा लिएको श्रीसले बताए । जनजाति महासंघका सदस्यहरुले राजेशपायल कै निर्दैशनमा तामिल सवारी चालकहरुले भिडन्तको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।
मलेसियाका मुसलमान समुदायको रामदानका अवसर पारेर साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । तर, यस पटकको साँस्कृतिक कार्यक्रम अलि धेरै विवादमा तानिएको छ ।














प्रतिक्रिया