२८ आश्विन २०८३, बुधबार

बिकिनी हुन्‍न, चुम्बन चल्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Humaima-Malik

एजेन्सी

पाकिस्तानी सुन्दरी हुमैमा मल्लिक चलचित्र ‘राजा नटवरलाल’ बाट बलिउड प्रवेश गर्दैछिन्।

अन्य सुन्दरीजस्तै उनले पनि स्वादिलातर्क गर्दै चर्चामा आउने प्रयास गरेकी छन्। हुमैमाले आफूलाई चुम्बन दृश्य दिन समस्या नभए पनि बिकिनी सिन गर्न भने आँट नभएको बताएर चर्चाको विषय बनेकी छन्। उनको विचारमा अभिनेत्रीका लागि बिकीनी होइन अभिनय राम्रो हुनुपर्छ।

दमदार अभिनय गर्न सकेन बिकिनीको सहारा लिनु नपर्ने तर्क पनि उनले गरेकी छन्। आफू अभिनीत पहिलो चलचित्रमा अनावश्यक अश्लील नभएका पनि उनले दाबी गरेकी छन्। कुणाल देशमुखको निर्देशन रहेको चलचित्र ‘राजा नटवरलाल’ मा हुमैमाका साथै इमरान हासमी, परेश रावल, दीपक तिजोरीलगायतले अभिनय गरेका छन्। आगामी महिना यो चलचित्र रिलिज हुँदैछ।