काठमाडौं, साउन १२ । नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गरेको छ ।
निगमले यही श्रावण १४ गते बुधवार देखि काठमाडौं–भैरहवा–काठमाडौंको हप्ताको ६ दिन नियमित उडान गर्ने भएको हो ।
हाल हप्ताको एकदिन आइतवार बाहेक अरु ६ दिन उडान गर्ने कार्यतालिका निर्धारण गरिएको निगमले जानकारी गराएको हो । यस अघि हप्ताको दुइदिन बुधबार र शनिवार उडान गर्दै आएको थियो ।














प्रतिक्रिया