२८ आश्विन २०८३, बुधबार

विष भएको तरकारी प्रयोगमा ल्याउनेलाई खोइ कारबाही ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc

काठमाडौँ, ११ साउन । व्यवस्थापिका–संसद्को आइतवारको शून्य समयमा सभासद् दलजित विकेले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गर्ने भनिए पनि सरकारले बजेट किन नछुट्याएको भन्ने प्रश्न गर्दै खेलकुद क्षेत्रमा रचनात्मक कार्य गर्न सरकारले ध्यान देओस् भन्नुभयो ।

सभासद् दिनेशप्रसाद यादवले धनुषाको ग्रामीण इलाकामा रहेका अस्पतालमा सर्पको डसाइबाट धेरैको मृत्यु भएकाले औषधि उपलब्ध गराउन माग गर्नुभयो ।

सभासद् दिलमान पाख्रिनले धादिङका विभिन्न गाउँमा बाढीले धेरै जमिन नष्ट गरेको हुँदा उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सभासद् धनबहादुर घलेले वर्षाका कारण आएको बाढीपहिराका कारण प्रभावित बासिन्दालाई तत्कालै राहतको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

सभासद् दीपक गिरीले राप्ती अञ्चल अस्पताल स्वास्थ्यचौकीका रूपमा परिणत भएको अवस्थामा पुगेको तथा बिरामी, चिकित्सक र औषधिको अभावमा नाम मात्रको अस्पताल भएको छ भन्दै शीघ्र दक्ष चिकित्सक नपठाए कडा कदम चालिने चेतावनी दिनुभयो ।

सभासद् दुर्गा पौडेलले अहिलेसम्मका आन्दोलनका क्रममा लगाइएको विभिन्न मुद्दा सरकारले खारेज गर्ने परम्परा रहेकाले संविधानसभा निर्वाचनपछि पनि विभिन्न दलका कार्यकर्ता अनावश्यक झुटा मुद्दामा कारबाही भोगिरहेकाले तत्काल मुद्दा फिर्ता लिइयोस् भन्नुभयो ।

सभासद् दुलारी हरिजनले नवलपरासीका केही गाविकाका दलित बालबालिकालाई दिने गरिएको रु २०० मासिक भत्ता दिन छुटेकाले दिन आग्रह गर्नुभयो ।

सभासद् धनराज गुरुङले तरकारीमा विषादी रोक्न माग गर्नुभयो । सभासद् प्रकाश सुवेदीले अत्यधिक विष भएको तरकारी प्रयोगमा ल्याउनेलाई कारबाही गर्न माग गर्नुभयो । सभासद् धनबहादुर घलेले वर्षाका कारण आएको बाढीपहिराका कारण प्रभावित बासिन्दालाई तत्कालै राहतको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

सभासद् धनराज पहरीले बाढीपहिराका कारण डडेल्धुरा, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा असर पारेकाले सरकारले त्यसतर्फ ध्यान दिइयोस् भन्नुभयो । सभासद् धनबहादुर थापा मगरले बाढीपहिराले अर्घाखाँची बजार जोखिम अवस्थामा पुगेकाले संरक्षण गर्न माग गर्नुभयो ।

सभासद् प्रतीक्षा तिवारीले महिला हत्या र बेचबिखनका अपराधीलाई कारबाही गर्न माग गर्नुभयो ।

सभासद् प्रेम सुवालले १९५० को अस्पष्ट सन्धिलगायत अन्य सन्धिलाई प्रस्ट पार्ने काम भएको छैन भन्दै आफ्नो छोराछोरीलाई छात्रवृत्तिका लागि हाम्रा नेताले भारतसँग झुक्नेकाम रोक्नुपर्नेमा जोड दिनुभभयो ।

सभासद् बलबहादुर महतले कर्णाली विश्वविद्यालयका लागि बजेट व्यवस्था गर्न माग गर्नुभयो ।