चौतारा, ११ साउन । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने जलबिरेमा १३ वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ ।
माओवादीको सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण देखाई २०५८ सालमा काभ्रेको धुलिखेल शाखामा गाभिएको सो बैंक हालै पुनःस्थापना भएको हो । पुनःस्थापित शाखा बयोवृद्ध समाजसेवी गेदबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो ।
विसं २०३९ मा स्थापित सो शाखा सुरक्षाका कारण अन्यन्त्र लगिएपछि त्यस क्षेत्रका करिब दुई दर्जन गाविसका बासिन्दालाई बैंकिङ सुविधा लिन एकदिन लगाएर बाह्रबिसे तथा चौतारासम्म धाउनुपर्ने बाध्यता थियो ।
विसं २०५८ मा लामोसाँघुस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि धुलिखेल शाखामा गाभिएकामा हालसम्म पुनःस्थापना हुन सकेको छैन ।













प्रतिक्रिया