२८ आश्विन २०८३, बुधबार

दक्षिणी सूडानका एक तिहाई जनसंख्या भोकमरीको शिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudan-ma-final

काठमाडौं, ११ साउन । विश्वमा खाद्यान्नको सबैभन्दा बढी संकट दक्षिणी सूडानमा भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सरकार र विद्रोहीबीच लडाई कायमै रहने हो भने दक्षिणी सूडान भयंकर भोकमरीमा फस्ने चेतावनी पनि सुरक्षा परिषदले दिएको छ ।
तुरुन्तै कुनै उपायको खोजी नगरिने हो भने यस वर्ष ५० हजार बच्चा कुपोषणको शिकार हुने विश्व खाद्य सुरक्षा कार्यक्रमले जनाएको छ ।

दक्षिणी सूडानका एक तिहाई जनसंख्या भोकमरीको सामना गरिरहेकाले राष्ट्रसंघले समय छँदै महत्वपूर्ण कदम चाल्नुपर्ने उक्त संगठनले जनाएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदले साठी करोड आर्थिक सहयोग गर्न बचन दिएका मुलुकहरुलाई आफ्नो बाचा पूरा गर्न पनि अपिल गरेको छ । सन् २०११ मा सूडानसँग अलग्गिएको दक्षिण सूडान विश्वकै नयाँ राष्ट्र हो ।

प्राकृतिक तेल र खनिज जस्ता पदार्थले भरिपूर्ण यो देश आन्तरिक राजनीतिक खिंचातानीमा फस्दा आर्थिक रुपमा जर्जर बन्दै गएको हो । एजेन्सी