२८ आश्विन २०८३, बुधबार

मदिराको मुल्यमा मनपरी रोक्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raksi-pasal

काठमाडौं , १० असार । काठमाडौ मदिरा व्यवसायी संघले बजारमा मदिरा विक्री वितरणमा मूल्य फरक परेको भन्दै एकरुपता ल्याउन पहल गर्ने भएको छ ।

संघका अध्यक्ष सोनाम शेर्पाले डिलरबाट होलसेल पठाउने होलसेलबाट खुद्रा विक्रीका लागि पठाउदा मुल्य फरक परेकाले त्यसलाई एक रुपता ल्याउन पहल भैरहेको बताउनु भयो । ‘मूल्यमा फरक पर्दा उपभोक्ताले बढी मूल्य तिनुपर्ने बाध्यता रहेकाले होलसेल र खुद्राको मूल्य एकै भए उपभोक्तालाई सहज हुनेछ’, उहाँले भन्नुभयो ।

काठमाडौ उपत्यका मदिरा व्यवशायीहरुलाई एकै छातामा समेटन आयोजित भेलामा शनिबार बोल्दै संघका अध्यक्ष शेर्पाले काठमाडौमा नक्कली मदिराको समेत लुकीछिपी विक्री वितरण भैरहेकाले त्यस्ता विक्रेतालाई कानुनी दायरामा ल्याउन समेत संघले पहल गर्दै आएको बताउनु भयो ।

अध्यक्ष शेर्पाका अनुसार काठमाडौका ११ स्थानमा मदिरा व्यवशायलाई मर्यादित बनाउन इकाइ गठन गरिएको छ । जसअनुसार कलंकीमा सरोज गोपाली, बालाजु गोविन्द बराल, चावहिल सुमन गोर्खाली, सुन्दरीजल सुमन सिम्खडा, कपन अक्कलमान तामाङ, कोटेश्वर हरी थापा इकाई अध्यक्षमा चयन हुनुभएको छ ।

त्यस्तै बौद्ध, नयाँ बसपार्क, मैतीदेवी, कालिमाटी लगायतका स्थानहरुमा पनि काठमाडौ मदिरा संघको इकाइ गठन भएको शेर्पाले जानकारी दिनुभयो ।