२८ आश्विन २०८३, बुधबार

७ सय बढी नागरिकको ज्यान गएपछि गाजामा १२ घन्टे युद्धविराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaza-City-after-the

गाजासिटी प्यालेस्टाइन, १० साउन । इजरायलले विगत करिब १९ दिनदेखि आक्रमण जारी राखेको गाजामा शुक्रबारदेखि १२ घन्टे युद्धविराम सुरु गरेकोे छ ।

गाजामा शुक्रबार रातिदेखि शनिबार रातिसम्मका लागि सो युद्धविराम गरिएको समाचारमा जनाइएको छ । सयौँ नागरिकको ज्यान गएपछि विश्व समुदायको दबाबमा सो युद्धविराम गरिएको बताइएको छ ।

सो द्वन्द्वको दिगो युद्धविरामका लागि संयुक्त राष्ट्रसंघ तथा अमेरिकाले अनुरोध गरेको भए पनि त्यसका लागि इजरायल तयार नदेखिएको बताइएको छ ।

दिगो युद्धविरामका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार पनि इजिप्टको राजधानी कायरोमा वार्तागरी दबाब दिएका थिए ।

तर सो वार्ता सफल हुन नसकेको र इजरायलले अस्थायी युद्धविराम गर्न मात्र तयार देखिएको बताइएको छ ।

इजरायलले गाजामा १९ दिन अघिदेखि हमला गरिरहेको छ । जसका कारण ७०० भन्दा बढी नागरिकको ज्यान गइसकेको बताइएको छ । एएफपी