
उर्लावारी, २० फागुन । बुधवार मध्यान्न मोरङको उर्लावारीस्थित हाम्रो बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सभाहल एकाएक खचाखच भयो ।
एमालेका स्थानीय नेतालाई हलभित्र नगरका बिभिन्न क्षेत्रबाट आएका एमाले कार्यकर्तालाई बस्ने व्यवस्था मिलाउन निकै हम्मेहम्मे परेको थियो ।

एमाले उर्लावारीका नगर अध्यक्ष मनोरथ भण्डारी भन्नुहुन्छ– ‘उर्लावारी नगरबाट यत्तिका धेरै कार्यकर्ताहरु आउनुहुन्छ भन्ने लागेको थिएन तर जति कार्यक्रम अगाडी बढ्दै गयो त्यति नै धेरै हल खचाखच भयो । अन्ततः एमालेका केही नेता तथा अगुवा कार्यकर्ता हल बाहिरै बस्नुपर्ने परिस्थिति सिर्जना भयो ।’

कुरा हो नेकपा एमाले उर्लावारीले बुधवार आयोजना गरेको एक दिने प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रम । सो कार्यक्रममा एकिकृत माओवादी, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा लगायतका पार्टी परित्याग गर्दै १ सय बढी नेकपा एमालेका प्रबेश गरेका थिए ।

उहाँहरु सबैलाई एमाले केन्द्रिय सचिव भिमप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो । फागुन २२ गते विराटनगरमा हुने विशाल आमसभालाई लक्षित गरी एमालेले अहिले पूर्वाञ्चलका सबै ठाउँमा पार्टी जागरण अभियान सञ्चालन गरिरहेको छ । एमालले फागुन २२ गते विराटनगरमा एक लाख कार्यकर्ता उर्ताने दाबी गर्दै आएको छ ।सो सभालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव इश्वर पोख्रेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया