
– कालु बोहरा
अछाम, २० फागुन । जिल्लाको पातलकोट गाविसमा भिरवाट खसेर एक महिलाको ज्याँन गएको छ ।
गाविसको वडानम्वर ५ निवासी २७ वर्षिया गंगा साउदको घर नजिकैको भिरमा घास काट्ने क्रममा भिरवाट खसेर ज्यान गएको हो । बिहीवार बिहान स्थानिय चिलेतिमेलामा घाँस काटन गएकी साउद भिरवाट खसेर गम्भिर घाईते भएपछि स्थानियले स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानिय कर्ण बहादुर साउदले जानकारी दिए ।
मृतकका २ छोरा र १ छोरी रहेको तथा श्रीमान कामको शिलशिलामा भारतमा रहेको स्थानियले बताएका छन ।












प्रतिक्रिया