धनगढी, २० फागुन । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम क्षेत्रीय समितिको चौथो वैठकले महासंघको सदस्यता नवीकरण गरेर दुर्घटना विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
विहीवार धनगढीमा भएको वैठकले चैत १५ गतेसम्म जिल्ला शाखाका साधारण सभा र क्षेत्रीय महिला भेला गर्ने निर्णय पनि गरेको छ । वैठकले नयाँ सदस्यता लिन चाहनेलाई प्रक्रियामा आउन आव्हान गर्ने निर्णय पनि गरेको छ ।
हाल सक्रिय नरहेका पत्रकारलाई स्वतः सदस्यता त्याग्न आग्रह गर्ने र स्वतः सदस्यता त्याग्नेलाई हालसम्म पु¥याएको योगदान वाफत धन्यवाद पत्र सहित सम्मान गरेर विदा दिने नीति अख्तियार गर्ने निर्णय पनि महासंघले गरेको छ । महासंघका सुदूरपश्चिममा छ सय ६६ जना साधारण सदस्य छन ।
केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको अध्यक्षतामा बसेको वैठकमा केन्द्रीय सचिव प्रभात चलाउने प्रमुख अथिति थिए । वैठकले संघीय संरचनामा अनुसारको विधान वनाउनका लागि नौ वटै जिल्लामा पत्रकाहरुसंग छलफल गरेर सुझाव संकलन गरेर केन्द्रलाई पठाउने निर्णय पनि गरेको छ ।
वैठकले साधारण सभा गरिसकेका बझाङ र बाजुरा शाखा, भवन निर्माणको अन्तिम चरणमा रहेका डडेलधुरा, कञ्चनपुर र कैलाली शाखाको प्रशंसा गर्दै अरु शाखालाई पनि जग्गा खरिद गरेर घर बनाउन केन्द्रित रहन समेत आग्रह गरेको छ ।












प्रतिक्रिया