१५ कार्तिक २०८३, आइतबार

रौतहटमा २१ भारतीय चेलीले अङ्गीकृत नागरिकता पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta

रौतहट, २० फागुन । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट पछिल्लोपटक २१ जना भारतीय महिलाले अङ्गीकृत नागरिकता प्रमाणपत्र लिएका छन् ।

गत साउन महिनादेखि फागुन मध्यसम्मको अवधिमा नेपालीसँग विवाह गरेका २१ भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार अङ्गीकृत नागरिकता पाउनेमा अधिकांश भारतीय महिला रहेका छन् । नेपाली पुरुषसँग विवाह गरेका भारतीय युवतीलाई नयाँ संविधानले नागरिकताबाट वञ्चित गरेको प्रचार भइरहेको बेला उक्त अवधिमा इलाका प्रशासन कार्यालयले वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरेको हो ।

यसरी नागरिकता प्रमाणपत्र पाउनेमा चन्द्रपुर नगरपालिका, रमौली वैरिया, सिम्राभवानीपुर, वसविट्टी जिङ्गडिया, लक्ष्मीपुर दोस्तिया, विश्रामपुर र सखुअवाधमौरा गाविसका पुरुषसँग विवाह भइआएका भारतीय महिला रहेका छन् । रासस