१५ कार्तिक २०८३, आइतबार

चौतारीको महाधिवेशन दुई महिनापछि सर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalकाठमाडौँ, १९ फागुन । प्रेस चौतारी नेपालको पूर्वघोषित आठौँ राष्ट्रिय अधिवेशनको मिति दुई महिनापछि सरेको छ ।

नयाँ संविधान अनुकूल सङ्घीय ढाँचाको विधानको तयारीसहित सङ्गठनका केही आन्तरिक काम सम्पन्न गर्नुपरेका कारण आउँदो चैत ४ र ५ गते तोकिएको महाधिवेशन आगामी २०७३ जेठ ६, ७ र ८ मा काठमाडौँमा सार्ने निर्णय भएको छ ।

नेकपा (एमाले), केन्द्रीय प्रचार विभागका प्रमुख तथा यस सङ्गठनका इञ्चार्ज योगेश भट्टराई, विभागका उपप्रमुख तथा सहइञ्चार्ज सूर्य थापाको उपस्थिति तथा अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पूर्वनिर्धारित मितिमा राष्ट्रिय अधिवेशन आयोजना गर्नका लागि नाकाबन्दीसँगै हाम्रो सङ्गठनका केही जिल्ला अधिवेशन सम्पन्न गर्न ढिलाइ भएको, केन्द्रीय कार्यालयले सम्पन्न गर्नुपर्ने केही जरुरी काम विविध कारणले सम्पन्न नभएपछि अधिवेशनको मिति सारिएको चौतारीका महासचिव माधव नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले २०–२१ चैतमा मकवानपुरको हेटौँडामा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ भने १५ चैतभित्र सम्पूर्ण जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । रासस