१५ कार्तिक २०८३, आइतबार

विष सेवन गराएर जुम्ल्याहा छोरीको हत्या, आमाले पनि सेवन गरिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

बर्दिया, १९ फागुन । बर्दियामा एक महिलाले आफ्नै सन्तानको हत्या प्रयास गरेकी छिन् ।

धधबार–८ बस्ने २३ बर्षीया सीता चौधरीले बिष सेवन गरी ४ बर्षीया जुम्लिया छोरीहरुलाई समेत बिष सेवन गराउदा एक छोरीको मृत्यु भएको छ भने एक छोरी र उनी असक्त भएका छन् ।

सीता चौधरीले बुधबार आफु र जुम्लिया छोरीहरुलाई गंगा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसकेको बिषादी सेवन गराउदा असक्त भएकोले उपचारको लागि तीनैजनालाई जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा गंगाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।