१५ कार्तिक २०८३, आइतबार

सहिद सप्ताहको अवसर पारेर आरआरमा अखिल क्रान्तिकारीको रक्तदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RR-Aakhil-5

काठमाडौं, १९ फागुन । सहिद सप्ताहको अवसर पारेर रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आरआर ईकाइ समितिले मंगलबार सहिद सप्ताह विशेष रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ५४ जनाले रक्तदान गरेको आरआर ईकाइ अध्यक्ष विपिन अधिकारीले जानकारी दिए ।

RR-Aakhil

उनले भने– ‘ब्लड बैंकमा रगत आवश्यक परेको रहेछ । भूकम्पपछि रगतको एकदमै अभाव रहेछ । त्यसलाई सहयोग गर्न र मानवताको नाताले अरुको ज्यान बचाउन कार्यक्रमको आयोजना गर्यौ । विद्यार्थी साथी भाईहरुले उत्साहका साथ रक्तदान गरे ।’

RR-Aakhil-6

रक्तदान कार्यक्रमको अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य रत्न ढकालले उदघाटन गरेका थिए भने केन्द्रीय सचिव मिलन एमसीको पनि सहभागिता थियो ।

रक्तदान गर्नेलाई अखिलले सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको थियो । वर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्ने अखिलले गत वर्षपनि धुमधामका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

RR-Aakhil-1 RR-Aakhil-2RR-Aakhil-4RR-Aakhil-3