१५ कार्तिक २०८३, आइतबार

वीरगञ्जको स्कुलमा बम बिस्फोट गराउन खोज्ने २ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung

वीरगञ्ज, १९ फागुन । विद्यालयमा बम विस्फोट गराउन खोज्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शिक्षक तथा विद्यालयका सञ्चालकलाई धम्क्याएर पैसा नदिए बमले विद्यालय उठाइदिने धम्की दिने ५३ वर्षीय रामबालक प्रसाद मुखियाबिन र २२ वर्षीय महेश पटेललाई घटनामा प्रयोग भएको ना १२ प ७७८ नं को मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरुलाई अपहरण उद्योग तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हविन्द्र बोगटीले जानकारी दिए ।

यस्तो छ घटनाविवरणः
जिल्ला पर्सा, बी.उ.म.न.पा. वडा नं. – १६ स्थित रहेको साउथजोन बोर्डिङ् स्कुलका संचालक लगायत अन्य विभिन्न स्कुलका संचालक तथा शिक्षकहरूलाई समेत फोनबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा अभय सिह र सागर सिह बोल्दैछु भनी रू ५ लाख रकम माग गरी नदिएमा अपहरण गरी गोली हानी हत्या गरिदिन्छु र प्रहरीमा खबर गरे घर परिवार लाई समेत नछाड्ने र स्कूलमा बम पड्काई ध्वस्त दिन्छु भनी पटक पटक धम्की दिंदै पत्रसमेत पठाउने गरेकोमा मिति २०७२।११।१४ गते बेलुका अं.१९ स्१० बजेको समयमा ना.१२ प ७७८ नं को मो.सा. मा चढी आएका २ जना ब्यक्तिहरूले साउथजोन बोर्डिङ् स्कूलको कम्पाउन्ड भित्र सकेट बम फाली फरार रहेको घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा जिल्ला पर्सा, बी.उ.म.न.पा.( १४ बस्ने ५३ को रामबालक प्रसाद मुखियाबिन र ऐ.( १७ बस्ने बर्ष २२ को महेश पटेल लाई घटनामा प्रयोग भएको ना १२ प ७७८ नं को मो.सा. सहित पक्राउ गरी अपहरण उद्योग तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको ।

साथै निज व्यक्तिहरू मध्ये महेश पटेल यस भन्दा पहिला हातहतियार मुद्दामा २ ( दुई ) पटक कारगारमा कैद भुक्तान गरेको र अर्का रामबालक प्रसाद मुखिया बिन पनि यस भन्दा पहिला लागू औषध ( चरेश ) र सेतो हिरोईन मुद्दामा पक्राउ गरी कैद भुक्तान गरेको खुल्न आएको छ ।