२८ आश्विन २०८३, बुधबार

नेप्से परिसूचक लगभग स्थिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

n_1406186797काठमाडौं, ८ साउन । बिहीबार करिब १ वजेसम्म नेप्से परिसूचक लगभग स्थिर रहेको छ ।

अघिल्लो दिनको बन्द विन्दुबाट शुरु भएको शेयर बजार १ घण्टाको व्यापारमा शून्य दशमलव शून्य ३ अङ्कले बढेको छ । सो अवधिसम्म परिसूचकमा सामान्य उतार चढाव रहेको नेप्से परिसूचक १ घण्टामा बढेर १ हजार ८१ दशमलव ५४ विन्दुमा पुगेको छ ।

सो अवधिसम्म होटेल, जलविद्युत् र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेको छ ।

बिहीबार व्यापारमा आउको विकास बैङ्क समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बीमा समूहको परिसूचक शून्य दशमलव ५४ प्रतिशत, वित्त कम्पनी शून्य दशमलव ३९ र बैङ्किङ समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । सो अवधिसम्म ‘अन्य’ समूहको परिसूचक १ दशमलव ८७ प्रतिशत, जलविद्युत् १ दशमलव शून्य १ र होटेल समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेको छ ।