२८ आश्विन २०८३, बुधबार

गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या ६ सय ३५ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

Israeli-soldier-Jordan-Bensimon (1)
गाजा, ७ साउन । इजरालद्धारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा बुधबार बिहान सबेरै चार प्यालेस्टिनीको मृत्यु भएको छ ।

ती व्यक्तिको मृत्यु भएपछि गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या ६ सय ३५ पुगेको चिकित्सक स्रोतले जनाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारहिरुका अनुसार दक्षिणी गाजा पट्टिको बेई लाहिया सहरमा इजरायली हवाई आक्रमणमा दुई युवकको मत्यु भएको बताइएको छ ।

त्यसैगरी दक्षिणी गाजा पट्टिको खानयुनिसमा इजरायलीतर्फबाट भएको गोली प्रहारमा एक १७ वर्षीय युवकको मृत्यु भएको बताइएको छ ।

खानयुनिस्मै इजरायालीे हजाई आक्रमणबाट घाइते भएका एक प्यालेस्टिनी पुरुषको मृत्यु भएको बताइएको छ ।

गत जुलाई ८ बाट इजरायलले गाजामा जारी राखेको आक्रमणको क्रममा ६३५ व्यक्तिको मृत्यु हनुको साथै अन्य ४ हजार भन्दा बढी घाइते भएका छन् ।

यस आक्रामक आक्रमणमा एक इजरायली नागरिकसहित इजरायलका र २८ सैनिकको मृत्यु भएको अर्को एक समाचारमा जनाइएको छ ।

अमेरिकी विदेश मन्त्री जोन केरी बुधबार बिहान सबेरै प्यास्लेस्टिनी राष्ट्रिपति महमोउद अब्बाससँग टेलिफोन वार्ता गर्दै यस इजरायल र गाजाबीचको रक्तपात रोक्न आग्रह गरेका छन् ।

उनले दुवै पक्षलाई युद्धविरामका लागि पनि आग्रह गर्नुभएको बताइएको छ । – सिन्ह्वा