२८ आश्विन २०८३, बुधबार

सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १ अर्ब २० करोडको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Share-Market

काठमाडौं, ६ साउन । नेपाली सेयर बजारमा सोमबार नयाँ रेकर्ड कायम भएको छ । पुँजीगतबजारमा एकैदिन एक अर्व २० करोडको कारोबार भएको हो । यो कारोवार सबै सर्वसाधारणको सेयर हो । नेपाल स्टक एक्सचेन्जले कारोबार सुरु गरेको २० वर्षको इतिहासमा एकै दिन यति धेरै कारोबार भएको यो पहिलो पटक हो ।

सोमबार २१ लाख ७१ हजार ५ सय ८२ कित्ता सेयर किनबेचबाट १ अवै, २० करोड ३१ लाख ५९ हजार ६ सय ९१ रुपैयाँको कारोबार भयो । सेयर बजारमापक नेप्से ८ दशमलव ८५ अंकले बढेर १०८३ दशमलव ५५ बिन्दुमा पुगेको छ । यसअघि २०६५ भदौ १५ गते नेप्से परिसूचक ११७५ दमशलव ३८ बिन्दुमा पुगेको थियो ।

सेयरबजारले अव त्यो बिन्दु पनि पार गर्ने बिश्लेषकहरुले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।