२८ आश्विन २०८३, बुधबार

युद्धबिरामको पहलका लागि अमेरिकी मन्त्री इजिप्टमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

John-Kerry-1

वासिङ्टन, ५ साउन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरी इजरायल प्यालेस्टानबीच जारी हिंसा अन्त्यको उपायको खोजीमा सोमबार इजिप्ट पुगेका छन् ।

उनी सोमबार बिहान इजिप्टको राजधानी कायरो पुगेका हुन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबारै तत्कालै युद्धबिरामका लागि आग्रह गरेलगत्तै उनी त्यसतर्फ लागेको समाचारमा जनाइएको छ ।

इजरायलले निरन्तर आक्रमण गर्दा प्यालेस्टाइनी पक्षमा कयौँ नागरिकको हत्या भएकोले उक्त हिंसा अन्त्यका लागि केरी इजिप्ट पुगेको जनाइएको छ । उक्त क्षेत्रमा सोमबार बिहानसम्ममा कम्तीमा पनि ५०० जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि सोमबारै हिंसाको अन्त्यका लागि तत्कालै युद्धबिराम गर्न आग्रह गरेको छ ।

विदेशमन्त्री केरीले इजिप्टका साथै मध्यपूर्वी राष्ट्रका नेताहरूसँग सो हिंसाको अन्त्यका उपायहरूको खोजी गर्नेछन् । उनले सोमबारै इजिप्टका नेताहरूलाई भेट्दै छन् ।

इजरायलले प्यालेस्टाइनी गाजा क्षेत्रमा सुरु गरेको आक्रमणको आज १४औँ दिनमा आइपुग्दा सो आक्रमणमा परी मारिनेको सङ्ख्या ५०२ पुगेको बताइएको छ । गत १४ दिनयता भएका ती आक्रमणहरूमा दुई हजारभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरूको उपचार जारी छ । रासस–एएफपी