
काठमाडौं, ५ साउन । हिमालयन बैंक लिमिटेडले र एस डेभलपमेन्ट बैंकको मर्जरको प्रक्रिया अघि बढेको छ ।
हिमालयन बैंकको केही दिनअघि बसेको सञ्चालक समिति बैठकले एससँग मर्जरको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
मर्जपछि एस डेभलपमेन्ट बैंकका संस्थापकहरुले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व नमागेपछि यी दुई संस्थाबीच मर्जरको प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
एक हप्ताभित्र औपचारिकरुपमा सर्वसाधारणलाई मर्जर प्रक्रियाबारे जानकारी समेत सहमति भएको बुझिएको छ ।
स्रोतका अनुसार स्वाप रेसियो हिमालयन बैंकको ६० र एस डेभलपमेन्ट बैंकको ४० प्रतिशत सेयर रहने सहमति भएको छ ।













प्रतिक्रिया