२८ आश्विन २०८३, बुधबार

पशुपतिको तीज गीतको भयो विरोध, पहिलो गांसमै ढुंगा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-sharma

हरेक जसो  तिजमा उत्कृष्ट गित पस्किदै हरेकको मन जित्न सफल  चर्चित लोकदोहोरी गायक पशुपति शर्माले यसचोटीको तिजमा भने पहिलो गांसमै ढुङ्गा खानुपरेको छ। हरितालिका तिजलाई लक्षित गर्दै ‘गाउँ निकाला’ एल्बममा  समाबेश यो गितमा “के को बाहुन के को जनजाति,जातका कुरा गर्नेहरु देशका लागि घाती,जातका कुरा गर्नेको दिमाग कहाँ छ रु,मेरो छोराले कमिनी ल्यायो, मेरी छोरी नि दमैसित गई, मैले पनि गुरुङ्सेनी ल्याकै हो, हामी नेपाली हौं, मलाई त्यत्ती थाहाछ, हाम्रो घरमा जातका कुरा हुन्न” बोलको गीतको प्रोमो सार्बजनिक भए लगत्तै बिरोध सुरु भएको हो ।

पशुपतिले दलितको भावना माथि खेलबाड गर्दै दलितकै खिल्ली उदाएको भन्दै ‘दलित सेवा संघ’ले विज्ञप्ती मार्फत विरोध जनाएको हो । यता पशुपतिले भने कसैको भावनालाई ठेस पुर्याउन नभइ हामी सबै एक नेपाली हौ भन्ने किसिमको संदेश  मात्र दिन खोजिएको र बिरोध जनाउनेले गीतको भाब र संदेशलाई नबुझेको भन्दै गीतको पुरै म्युजिक भिडियोलाई हेरेपछि मात्र प्रतिक्रिया दिएका छन । ।

गीतको भिडियो बजारमा आएपछि अहिले विरोध गर्नेहरु आफसेआप चुप हुने समेत उनले बताएका छन । यहिं प्रसङ्गमा उनले भने आफ्नो गीतले बाउन(क्षेत्री रिसाउलान् भनेको त दलितहरु नै पो रिसाउनु भयो ।

एकचोटी हेर्नुस हाल विरोध गरिएको गित र यो साल निस्किएका पशुपतिका सम्पुर्ण तिज गितको प्रोमो: