काठमाडौं, ५ साउन । लन्डनको रिभरमिडमा हुने १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।
जुलाई २६ र २७ मा हुने प्रतियोगितामा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सरिता राई र अमिता राईले ४९ केजीमुनि, अर्जुन सुनवार र मनोज लामाले ५८ केजीमुनि तथा निरोजबहादुर नेपाली, रोहित तामाङ र रजिन सिंहले ६८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा अशोक खड्का र अष्ट महर्जन रहेका छन् । त्यस्तै उक्त प्रतियोगितामा नोर्बु लामा, रविन जोशी, दिनेश श्रेष्ठ र पुष्पराज जोशीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
युनिभर्सल यनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को पहिलो वार्षिक साधारणसभा पनि जुलाई २४ मा लन्डनमै हुँदैछ । त्यसमा युयुएनटीएफ, नेपाल च्याप्टरका पदाधिकारीको पनि सहभागिता रहनेछ ।
अध्यक्ष नोर्बु लामा, महासचिव अशोक खड्का, सचिव रविन जोशी, कोषाध्यक्ष दिनेश श्रेष्ठ र सदस्य विश्वराज राईले साधारणसभा भाग लिने बताइएको छ ।
खेलाडी र प्रशिक्षक टोली जुलाई २३ मा लन्डन प्रस्थान गर्नेछन् । अन्य उनीहरुभन्दा एकदिन अगाडि जाने कार्यक्रम छ ।













प्रतिक्रिया