प्युठान, ४ साउन । हालै घोषणा भएको प्युठान नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ का लागि झन्डै साढे पाँच करोड बराबरको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाले आफ्नो पहिलो नगर परिषद्मार्फत चालु तथा पुँजीगततर्फ पाँच करोड ३८ लाख २८ हजार बराबरको बजेट प्रस्ताव गरेको हो ।
पँजीगत अनुदानतर्फ चार करोड ७८ लाख २८ हजार र चालुतर्फ ६० लाख विनियोजन गरिएको छ ।
नगरको नगर परिषद्ले आफ्नो आन्तरिक आयतर्फ ९३ लाख ५७ हजार ६९१ अनुमान गरेको नगरकी निमित्त कार्यकारी अधिकृत उमाबिन्दु अर्याल पन्थीले बताए ।













प्रतिक्रिया