तनहुँ, १९ वैशाख । खुट्टामा किला गडेका कारण यहाँ एक किशोरको विहीवार विहान ज्यान गएको छ ।
जिल्लाको तनहुँसुर गाविस वडा नम्बर ९ ओडारे निवासी वर्ष १६ का सन्त वहादुर चेपाङको मृत्यू भएको हो । खुट्टामा किला गडेको सातौ दिन उनको मृत्यू भएको हो ।
खुट्टामा किला गडेपछि उपचारको लागि पोखरा लगिएकोमा चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । आर्थिक अवस्था कमजोर रहेकोले लैजान दुविधा भएको भन्दै मृत्तकका दाइ अशोकले दमौलीमा आइपुग्दा भाइको अवस्था झनै नाजुक देखिएकोले ओरालेर चौतरीमा राख्न खोज्दा भाइको मृत्यू भैसकेको बताए ।
उक्त घट्ना पछि मृतकका आफन्तको वेदना र दयनीय अवस्था देखेर यातायात मजदुर, व्यापारी, प्रहरी समेतको सहयोगमा तत्कालै संकलित ११ हजार रुपियाँ मृतकका दाजु अशोकलाई तनहुँका प्रहरी प्रमुख एसपी गोपीमान श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
आर्थिक अवस्था नाजुक रहेका चेपाङका परिवालई काजक्रिया गर्न समेत कठिन भएकोले मानवीय नाताले सहयोग स्वरुप उक्त रकम संलन गरी वुझाइएको यातायात मजदुर संगठनका कृष्ण केसीले वताए ।











प्रतिक्रिया