२८ आश्विन २०८३, बुधबार

सरकारी अधिकारी भन्छन्, ‘गोलभेँडा खेतीको बजार राम्रो छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tomatar-golfeda

चापागाउँ (ललितपुर), २ साउन । कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसीले गोलभेँडा बेचविखनका लागि बजार मूल्य सकारात्मक रहेकाले व्यवसायीलाई ढुक्कसाथ सक्रिय हुन आग्रह गर्नुभएको छ ।

कृषि व्यवसाय प्रवद्र्वन तथा बजार विकास निर्देशनालयको कार्यालयमा आज पत्रकारसम्मेलन गरी उहाँले हालको बेचविखन समस्यालाई दृष्टिगत गर्दा बुटवल र पोखरामा गोलभेँडाको थोक मूल्य रु १६ देखि ४० सम्म खरिद बिक्री हुनसक्ने सूचना प्राप्त भएको बताउनुभयो ।

सीमावर्ती तराई क्षेत्रमा आपूर्तिमा कमी आएकाले गोलभेँडाको थोक मूल्य रु ३० रहेको पाइएकाले सम्बन्धित निकायमा सम्पर्क गरी बिक्री वितरण गर्न सकिने महानिर्देशक जिसीले बताउनुभयो ।

उहाँले पछिल्लो समयमा कालीमाटीस्थित तरकारी बजारमा विषादीको प्रयोग भए नभएकाबारे १८७ वटा नमूना परीक्षण गरिएकामा मुस्किलले आठवटामा मात्र विषादी पाइएको जानकारी दिनुभयो ।

केही दिनअघि कालीमाटीस्थित तरकारी बजार नजिक बाटोमा फ्याँकिएको गोलभेँडामा विषादीको परीक्षण नगरिएको र विभागको कमी कमजोरीले गोलभेँडा नफ्याँकिएको पनि उहाँले स्पष्ट गर्नुुभयो ।

विभागका उपमहानिर्देशक बेनीबहादुर बस्नेतले निर्देशनालयअन्र्तगत कृषि थोक बजार २६, सङ्कलन केन्द्र ४३७, हाट बजार ९०२ र खुद्रा बिक्री कक्ष १९० स्थानबाट कृषक तथा व्यवसायीलाई सेवा पु¥याउँदै आएको बताउनुभयो । रासस