२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसको क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CNकाठमाडौं, २२ माघ । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि सुरु भएको छ ।

कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम २४० निर्वाचन क्षेत्रानुसार नै माघ २२ गते अर्थात आजदेखि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री सहित निर्वाचन अधिकृत खटिइसकेका छन् ।

बारा बाहेक अन्य अधिकांश जिल्लाका २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले लाई जानकारी गराउनुभयो ।

एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुने उहाँले बताउनुभयो । बारामा प्राविधिक कारणले निर्वाचन हुन नसक्ने बताइएको भए पनि आन्दोलनरत मधेस केन्द्रित दलको अवरोध भएको ठानिएको छ ।

माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताउनुभयो ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।