२६ कार्तिक २०८३, बिहिबार

इटहरीमा भीषण आगलागी, सय पसल खरानी बने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

इटहरी, २१ माघ । इटहरी महानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ ।

बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयोग जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् । आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । सो क्षेत्रमा हजारौँको सङ्ख्यामा सर्वसाधारणको भीड रहेको छ ।

सो आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ । आगलागी जारी रहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । रासस