विराटनगर, १९ वैशाख । एमाओवादीको प्रतिनिधि बिवाद अन्त्य भएको छ । केन्द्रीय समिति आज (शुक्रबार) बिराटनगरमा बसेको बैठकमा विधान संशोधन, अध्यक्षको प्रतिवेदन प्रस्तुति र प्र्रतिनिधि छनोट सम्बन्धमा देखिएको विवाद समाधान गर्ने निर्णय भएको हो ।
एमाओवादी राष्ट्रिय सम्मेलनमा सहभागी हुन १० जिल्लामा प्रतिनिधि छनोट सम्बन्धमा विवाद उत्पन्न भएको थियो ।
राष्ट्रिय सम्मेलनको बन्दसत्र बिहान ८ बजे सुरु हुनुपर्नेमा प्रतिनिधि छनोट विवादका कारण एक बजेसम्म सुरु भएको थिएन । यद्यपि, बिवाद अन्त्यसँगै स्थानीय वीरेन्द्र सभागृहमा बन्द सत्र सुरु हुने आयोजक कमिटीले जनाएको छ ।
बन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक हजार १०० जनाको प्रतिनिधित्व छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रथम राष्ट्रिय सम्मेलनको बिहीबार स्थानीय सहिद रङ्गशालामा उद्घाटन गरेका थिए ।













प्रतिक्रिया