काठमाडौं, २ साउन । नेपाली क्रिकेटलाई सफलताको शिखरमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रशिक्षक दासानायकेको करार अबधि एक वर्ष थप गर्ने निर्णय हो ।
यसअघि नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभावको कारण देखाउँदै प्रशिक्षक दासानायकेको करार अवधि नथप्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि कप्तान पारस खड्काले आफू राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएका थिए ।
उनको चेतावनीसँगै क्यानको सर्वत्र विरोध भएको थियो । सर्वत्र विरोध भएपछि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्यानले नसके सरकारले एक वर्षका लागि दासानायकेलाई मासिक तलब उपलब्ध गराउने गरी नेपाल बोलाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
यसैगरी बैठकले सेवा अवधि सकिन लागेका पाँच सचिवले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । बैठकल साउन सात गतेदेखि लागू हुने गरी राजीनामा दिएका सचिवहरु प्रतापकुमार पाठक, नाथुराम चौधरी, कृष्णहरि बाँस्कोटा, सुशील घिमिरे र गणेशराज जोशीको राजीनामो स्वीकृत गरेको सुचना तथा सञ्चारमन्त्री मीनेद्र रिजालले जानकारी दिनुभयो ।














प्रतिक्रिया