२८ आश्विन २०८३, बुधबार

कक्षा १२ को परीक्षा आज देखि सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBभक्तपुर, १९ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
वैशाख ३० गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज (शुक्रबार) बिहान ७ बजेबाट देशभरि सुरु भएको हो । परीक्षा शान्तिपूर्णरुपमा भइरहेको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ ।

कक्षा १२ को परीक्षामा देशभरबाट कुल तीन लाख ८१ हजार ३२२ जना सहभागी भएको उनले जानकारी दिए । देशभर रहेको तीन हजार ५९६ उच्च माध्यमिक विद्यालयहरुबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको जनाएको छ ।

परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कर्मचारी गरी कुल २८ हजार ९७८ जना जनशक्ति परिचालन गरिएको जानकारी अर्यालले दिए ।

गत वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालोसूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यसवर्ष परीक्षामा सहभागी नगराएको र परीक्षाका लागि करिब रु ५५ करोड छुट्याएको उनले बताए ।