
काठमाडौं, २ साउन । गौरीका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ बिहीबार तीननयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
सातदोबाटोस्थित पौडीपोखरीमा गौरीकाले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४८.१६ सेकेन्ड (हिट), ५० बटरफ्लाइ ३२.९७ सेकेन्ड (फाइनलमाआफ्नै कीर्तिमान सुधारेको) तथा ५० मिटर ब्याकस्ट्रोक ३५.८५ सेकन्ड (हिट)मापूरा गर्दै कीर्तिमान बनाइन् । गौरीकाले १ सयमिटर ब्याकस्ट्रोक १ मिनेट ३१.१९ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत स्वर्ण संख्याचार पुराइन् ।
गौरीकाले २ सय मिटर ब्याकस्ट्रोकमा २००७ मा काठमाडौंमा भएको १४ औं राष्ट्रिय पौडीमा शैला राणाले बनाएको ३ मिनेट ०३.३४ सेकेन्डको कीर्तिमान भंग गरिन् । फाइनलमा भने गौरीकाले निर्धारित दूरी २ मिनेट ४८.१६ सेकेन्डमा पूरा गरिन् ।
बटरफ्लाइमा गौरीकाले फाइनलअघि हिट चरणमा निर्धारित दूरी ३३.९० सेकेन्डमा पूरा गर्दै श्रेया धितालले २०१३ मा इस्तान्बुलमा भएको १५ औं फिना च्याम्पियनसिपमा बनाएको ३४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । ५० मिटर ब्याकस्ट्रोकमा गौरीकाले शैला राणाले प्रथम एनएस पौडी– २०१० मा बनाएको ३७.२० सेकेन्डको कीर्तिमान तोडिन् । यो स्पर्धामा गौरीकाको फाइनल टाइमिङ ३६.४४ सेकेन्ड रह्यो ।
महिलाको १ सय मिटर फ्रिस्टायलको हिट चरणमा सोफिया शाहले निर्धारित दूरी पूरा गर्न १ मिनेट ०५.७९ सेकेन्ड समय खर्चदै आफ्नै नाममा रहेको १ मिनेट ०६.१ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । सोफियाले २०१३ मा भएको तेश्रो एनएसए पौडीमा उक्त कीर्तिमान रचेकी थिइन् ।
नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ नै पुरुषमा शिरीष गुरुङले २ सय मिटर व्यक्तिगत मिड्ले (२ मिनेट ४० सेकेन्ड), २ सय मिटर फ्रिस्टायल (२ मिनेट २९.२५ सेकेन्ड), १ सय मिटर बटरफ्लाइ (१ मिनेट १०.०३ सेकेन्ड), १ सय मिटर ब्याकस्ट्रोक (१ मिनेट १५.३७ सेकेन्ड) तथा ५० मिटर फ्रिस्टायल (२७.२५ सेकेन्ड) मा स्वर्ण हात पारे ।
यसैबीच पौडी संघकै आयोजनामा १२ औं ग्यालेक्सी कप अन्तरविद्यालय पौडी प्रतियोगिता पनि बिहीबारदेखि नै सुरु भएको छ ।













प्रतिक्रिया