२८ आश्विन २०८३, बुधबार

बर्षाले राष्ट्रिय अन्तर्राष्ट्रिय उडान प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tia-Airportकाठमाडौं, १९ वैशाख । मुलुकका विभिन्न स्थानमा परेको बर्षाका कारण जनजीवन प्रभावित बनाएको छ । बिहीबारदेखि परेको बर्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनाएको छ ।

बर्षाकै कारण शुक्रबार विहान दश बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान समेत प्रभावित भएको छ । खराब मौसमका कारण भिजिविलिटी कम भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल मौसम महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

उनका अनुसार एक/दुई दिनसम्म मौसम यथावत रहने छ । ‘भारतको विहारमा उत्पन्न मौसम प्रणाली र बंगालको खाडीबाट आएको वास्पीकरणका कारण नेपालमा बर्षा भएको हो,’ उनले भनिन् ।

विशेष गरेर पूर्व र मध्य नेपालको भूभागमा बर्षा भई रहेको छ । मौसमविदे कँडेलले राजधानीमा बिहीबार सवा आठबजे देखि शुक्रबार विहान सवा आठबजे सम्म २५ दशमलव चार मिलिमिटर बर्षा भएको जानकारी दिईन् ।

ओखलढुङ्गामा सबै भन्दा धेरै ३२ दशमलव ८ मिलिमिटर बर्षा भएको छ । पोखरा, डडेलधुरा, जुम्ला लगायतका जिल्लामा पनि पानी परेको छ ।