२८ आश्विन २०८३, बुधबार

सनीलाई टक्कर दिँदै नतालिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nathaliya

आफ्नो हट लुक्स र प्रस्तुतिका कारण बलिउडमा चर्चामा आउँदै गरेकी अभिनेत्री सनी लियोनलाई टक्कर दिन ब्राजिलियन मूलकी नतालिया कोर बलिउडमा आएकी छन्। जोन अब्राहमको फिल्म ‘रक्की हेण्डसम’लाई नतालियाले उत्तेजक किसिमको पोल डान्स गरेकी छन्।

नतालियाले यसअघि रामगोपाल बर्माको फिल्म ‘डिपार्टमेन्ट’मा पनि आइटम डान्स गरिसकेकी छन्। जोन र श्रुति हसनन स्टारर फिल्मका निर्देशक निशिकान्त कामत हुन्। जुन आगामी वर्षको फेब्रुअरीमा रिलिज हुनेछ। नतालियाले पोल डान्स गर्नकै लागि ब्राजिलमा तालिम पनि लिएकी थिईन्। उनको अभिनयको शुरुवात कन्नड फिल्ममा सन् २०१२ बाट शुरु भएको थियो। त्यसै वर्ष उनले रामगोपाल बर्माको फिल्ममा आफ्नो झलक देखाएकी थिईन्।