१४ कार्तिक २०८३, शनिबार

मधेसमा आयोगको अनुगमन टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौँ, ७ माघ । राष्ट्रिय मानवअधिकार आयोगले तराई मधेसमा संविधानको विषयलाई लिएर भइरहेको आन्दोलनबाट मानव अधिकारको उपभोगको अवस्थाको अनुगमन गर्न पाँच अनुसन्धान टोली परिचालन गरेको छ ।

आयोगमा प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गरी आन्दोलनको अनुगमनमा सघाउन आग्रह गर्दै अनुगमनबाट प्राप्त तथ्य तथा मानव अधिकारको स्थिति सम्बन्धमा आयोगले आफ्नो धारणा सार्वजनिक गरी सम्बन्धित पक्षलाई आवश्यक सिफारिस गर्न आग्रह गरिएको छ ।

आयोगको प्रारम्भिक प्रतिवेदनअनुसार आन्दोलनकै क्रममा नागरिक, बालबालिका तथा सुरक्षाकर्मीसमेत गरी ४९ जनालगायत आयोगको प्रारम्भिक प्रतिवेदनमा देखिएको घटनाको अनुसन्धान गरी प्रतिवेदन पेस गर्न आयोगको गत पुस २९ को निर्णयअनुसार बारा, पर्सा, रुपन्देही, महोत्तरी, सिरहा, सप्तरी, मोरङ, सुनसरीमा उपनिर्देशक तथा अधिकृत सम्मिलित पाँच अनुसन्धान टोली त्यसतर्फ परिचालन गरेको छ ।

आयोगद्वारा खटाइएका अनुसन्धान टोलीलाई आवश्यक सहयोग पुर्याउन पीडित परिवारका आफन्तजन, राजनीतिक दल तथा नेपाल सरकारका सम्बन्धित निकायलाई आग्रह गरेको छ । रासस