१४ कार्तिक २०८३, शनिबार

विद्यार्थी चिली पठाएर बिचल्ली पार्ने कन्सल्टयान्सी सञ्चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

काठमाडौँ, ७ माघ । चिलीमा विद्यार्थी पठाइ बिचल्लीमा पारेर ठगी गर्ने नयाँ बानेश्वरस्थित अहेड इन्टरनेसनल एजुकेशन प्रालिका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले चिलीमा ४२ जना विद्यार्थीलाई अध्ययनका लागि पठाएको र त्यसरी पठाउँदा विद्यार्थीलाई आंशिक समय जागिर मिलाइदिने र त्यहाँबाट अमेरिका, क्यानडालगायत युरोपियन देशमा सजिलै भिसा लाग्ने भनि झूठा आश्वासन दिई बिचल्लीमा पारी ठगी गरेको भनी परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पीडित विद्यार्थीले नेपाली राजदूतावास ब्रासिलिया ब्राजिलमा दिएको निवेदन परराष्ट्र मन्त्रालय हँुदै महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले विद्यार्थीलाई ठगी गर्ने राईलाई मङ्गलबार बानेश्वरबाट पक्राउ गरेको हो ।

राईलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । रासस